जलवायुसम्बन्धी बैठकमा कार्बन उत्सर्जन कम गर्ने देशको विशेष भुमिका हुन्छ : डा. केसी

काठमाडौँ । नागरिक अभियान्ता डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी बैठक सीओपी ट्वेन्टी सिक्समा नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने देशको विशेष भुमिका हुने बताएका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने तर जलवायु संकटको जोखिम उच्च भएका देशहरुले विशेष भुमिका खेल्नु पर्ने बताए ।
उनले संयुक्त राष्ट्रसंघको महासभामा कार्बन उत्सर्जन कम गर्ने, द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाहरुसमेत राखेर राष्ट्रसंघको मुख्यालय अगाडि आफूहरुले प्रदर्शन गरेका पनि बताए । अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउन नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नु पर्ने उनले बताए ।
कार्बन उत्सर्जन कम गर्न उनले सरकारसँग चार माग राखेका छन् । उनका मागमा शहरी पूर्वाधारलाई वातावरणमैत्री बनाउनु पर्ने, देशको वन क्षेत्रको संरक्षण र बिस्तार गर्नुपर्ने, एकपल्ट प्रयोग हुने प्लास्टिकको झोला पूर्ण रुपमा निषेध गर्नुपर्ने र वायु प्रदुषण कम गर्न फोहर जलाउन पूर्ण रुपमा निषेध गर्ने तथा जन चेतना फैलाउनु पर्ने रहेका छन् ।
बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेर बहादुर देउवा आज त्यसतर्फ जाँदैछन् । यस्तै केसीले स्वास्थ्य र मेडिकल शिक्षा सुधारका लागि गरेका सम्झौता तथा प्रतिबद्धताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया