नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १३:४९

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक जारी रहेको हो ।
महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्य तालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकको निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट एक हजार पाँच सय ३६ प्रतिनिधि छान्ने तय गरेको थियो । महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया