विदेशी लगानीमा राष्ट्र बैंकको जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार’ विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदनले नेपालका अधिकांश फर्मलाई डेरिभेटिभ प्रोडक्टको सम्बन्धि जानकारी नभएको उल्लेख गरेको छ । दक्षिण एसियामा उक्त बजारको उपयोगका सन्दर्भमा नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सार्क मुलुकमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनियम डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो रहेको अध्ययनले देखाएको छ ।
करिब ८१ गैरवित्तीय फर्महरूलाई मध्ये करिब १४.८ प्रतिशतले मात्रै डेरिभेटिभ प्रोडक्टको प्रयोग गर्ने गरेका छन् । जसमा अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरु रहेका छन् ।
११५ फर्ममाथि गरिएको सर्वेक्षणमा दैनिक कारोबारमा विदेशी विनिमयको जोखिम नरहेको भन्ने फर्महरुमा ३७ प्रतिशत रहेको र विदेशी विनिमयको जोखिम रहेको भन्ने बाँकी ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्ससम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार विदेशी विनिमय डेरिभेटिभ बजारका उपरकणमध्ये नेपालका सबै वाणिज्य बैंकले ‘फर्वाड मार्केट’ र ५० प्रतिशत वाणिज्य बैंकहरू ‘स्वाप्स’ कारोबारमा संलग्न रहेको छन् ।
तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपाल विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको अध्ययनले देखाएको छ ।
यस बजारको प्रवद्र्धन गर्न छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको छ । हालको ‘ओभर द काउन्टर, ओटीसी’ बजारलाई प्रभावकारी बनाउदै हेजिङलाई सहजता प्रदान गर्न एवम् वैदेशिक लगानी आकर्षित गर्न ‘लङ टर्म फर्वाड’, ‘स्वाप्स’ र ‘अप्सन’ जस्ता उपकरणलाई प्रवर्द्धन गर्न अध्ययनले सुझाव प्रस्तुत गरेको छ ।

















कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया