जिम्मेवार नेताले न्यायालयको गतिरोध अन्त्य गर्नु पर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । उनले नेताहरूले चाँडोभन्दा चाँडो न्यायालयको गतिरोध अन्त्य गर्नु पर्ने बताएका हुन् ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेकाले जिम्मेवार नेताहरूले समाधन दिनु पर्ने बताएका हुन् ।
‘न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ नेता सिंहले भने, ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्मअनुसार चल्नुपर्छ ।
उता प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गर्दै आन्दोलन गर्दै आइरहेको छ ।

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन सर्वोच्चको आदेश
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया