गण्डकी प्रदेशमा नौ लाखले लगाए खोप

पोखरा । गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा खोप लगाएका छन् । प्रदेशमा दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७ रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयकाअनुसार गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुई लाख ७८ हजार दुई सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै खोप लगाएका छन् ।
यस्तै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्राको खोप लगाएका छन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया