विप्लव कार्यकर्ता रिहाईको पहल’

‘काठमाडौं । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
गृहमन्त्री समेत रहेका खाँणले मुद्दा लागेका विप्लव नेकपाका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।
कार्यबहाक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी दिए ।
उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो ।
‘बन्दीभन्दा पनि मुद्दा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ’, मन्त्री खाँणले भने, ‘यसले गर्दा बन्दी भन्दा मुद्दा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौं ।’
कार्यबहाक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि बताए ।
केही दिनअघि मात्रै विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गृहमन्त्री खाँणसहितका सरकारी टोलीसँग भेट गरेका थिए ।

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया