मंगलबार, फागुन १२, २०८२

हाम्रो पार्टीको शत्रु कुनै दल होइन : नेता गुरुङ

मेरोन्यूज २०७८ कार्तिक १४ गते १३:१६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरूङले राजनीतिक दलहरू एकआपसमा शत्रुताको व्यवहार हुँदा मुलुकमा समृद्धि नहुने बताएका छन् । तनहुँको शुक्लगण्डकी नगरपालिकामा पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, उनले नेपाली कांग्रेसको शत्रु कोही नभएको स्पष्ट पारे । उनले आफूहरूको शत्रु गरिबी, रोग, भोक र अशिक्षा जस्ता विषय वस्तु भएको बताउँदै सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताए ।

‘कांग्रेसको शत्रु एमाले, माओवादी, राजमो, जसपा, लोसपा, राप्रपा आदि इत्यादि कुनै पनि पार्टी हैनन्,’ उनले भने, ‘हाम्रो शत्रु गरीबी हो, रोग हो, भोक हो, अशिक्षा हो, बेरोजगारी हो, विभेद हो ।’

प्रतिक्रिया