प्रधानन्यायाधीशविरूद्ध आन्दोलन
न्यायको आशामा सर्वोच्च पुगेका भगत खाली हात फर्किए

काठमाडौँ । सेतै फुलेका कपाल । चाउरी परेकाे अनुहार । हातका एउटा कपडाकाे पाेकाे । बुड्याैली उमेरमा लाैरी टेक्दै काठमाडाैँ आइपुगे, बलराम भगत ।
सुनसरीबाट काठमाडाैँको यात्रा गर्दा चमकले भरिएका भगतकाे अनुहार अहिले निराश बनेको छ । न्यायको खोजी गर्दै काठमाडाैँ यात्रा गरेका उनी खाली हात घर फर्किने भएका छन् । सोमबार आफ्नो मुद्दाको सुनुवाई हुने भएपछि उनी शनिबार काठमाडाैँ आइपुगेका थिए ।
हातमा खर्ची समेत नभएका उनी काठमाडाैँ आइपुगेकै दिन गाैशालास्थित धर्मशालामा बस्न सुरू गरे । आइतबार आफ्नो मुद्दाकाे सुनुवाईबारे जानकारी लिन सर्वोच्च अदालत पुगे । लामाे समय आफ्नाे मुद्दाको सुनुवाई पर्खेर बसेका उनी अदालत परिसरकाे आन्दोलनले निराश भए ।
आफ्नो पुर्खादेखि भोग चलन गर्दै आएको ६ धुर जग्गा अरूले हडपेपछि उनी न्यायको खाेजीमा भाैतारिरहेका हुन् । न्यायका लागि सर्वोच्चसम्म आइपुगेका उनी पटकपटक रित्तो हात घर फर्किदै आएका छन् ।
आइतबार आफ्नो मुद्दाको सुनुवाईबारे जानकारी लिन भगत अदालत नपुग्दै सर्वोच्च परिसरमा आन्दोलन सुरू भइसकेको थियो । कानून व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध प्रर्दशन गरी काम ठप्प बनाएका थिए । भगतले अदालतमा के हुँदै छ भन्ने थाहा पाएनन् ।
कुरा बुझ्दै जाँदा आफ्नो काम नहुने देखेपछि उनी सर्वोच्चबाट फर्किए । न्याय दिने व्यक्तिहरू नै आन्दोलनमा देखेपछि उनी आफू बस्ने धर्मशालामा नै बस्ने कि घर फर्किने भन्ने दोधार मन लिएर सर्वोच्चबाट बाहिरिए ।
यस्तै, काठमाडौँकै काभ्रेस्थलीबाट न्यायका लागि सर्वोच्च आइपुगेका एक सेवाग्राही रित्तो हात घर फर्के । उनको अंश भागबण्डासम्बन्धि मुद्दा सर्वोच्च अदालतमा रहेको छ । उनको मुद्दामा एक वर्षदेखि सुनुवाई हुन सकेको छैन । न्यायकाे आशमा वर्ष दिनदेखि सर्वोच्च धाइरहेका उनी न्याय पाउन नसकेको भन्दै दु:खेसो पोखे ।
काम छाडेर आदलत धाउँदा नि न्याय नपाउँदा दुःख लागेको उनले बताए । सर्वोच्च अदालतमा न्यायका लागि आउने यी प्रतिनिधि पात्र मात्रै हुन् । न्यायको आश गर्दै टाढाबाट आएका सर्वसाधारणहरू न्यायाधीश र कानून व्यवसायीको आन्दोलन देखेर निराश हुँदै घर फर्किएका छन् ।
प्रधानन्यायाधीश शमशेरको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजदेखि प्रदर्शन थालेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कालो पट्टी बाँधेर अदालत परिसरमा नै विरोध प्रदर्शन भएको हो ।
यस्तै केही कानून व्यवसायी भने प्रधानन्यायाधीशको बचाउनमा हातमा सेतो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । कानून व्यवसायीको प्रदर्शनले सर्वसाधारण न्यायबाट बञ्चित भएका छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया