प्रधानन्यायाधीशविरूद्ध आन्दोलन
न्यायको आशामा सर्वोच्च पुगेका भगत खाली हात फर्किए

काठमाडौँ । सेतै फुलेका कपाल । चाउरी परेकाे अनुहार । हातका एउटा कपडाकाे पाेकाे । बुड्याैली उमेरमा लाैरी टेक्दै काठमाडाैँ आइपुगे, बलराम भगत ।
सुनसरीबाट काठमाडाैँको यात्रा गर्दा चमकले भरिएका भगतकाे अनुहार अहिले निराश बनेको छ । न्यायको खोजी गर्दै काठमाडाैँ यात्रा गरेका उनी खाली हात घर फर्किने भएका छन् । सोमबार आफ्नो मुद्दाको सुनुवाई हुने भएपछि उनी शनिबार काठमाडाैँ आइपुगेका थिए ।
हातमा खर्ची समेत नभएका उनी काठमाडाैँ आइपुगेकै दिन गाैशालास्थित धर्मशालामा बस्न सुरू गरे । आइतबार आफ्नो मुद्दाकाे सुनुवाईबारे जानकारी लिन सर्वोच्च अदालत पुगे । लामाे समय आफ्नाे मुद्दाको सुनुवाई पर्खेर बसेका उनी अदालत परिसरकाे आन्दोलनले निराश भए ।
आफ्नो पुर्खादेखि भोग चलन गर्दै आएको ६ धुर जग्गा अरूले हडपेपछि उनी न्यायको खाेजीमा भाैतारिरहेका हुन् । न्यायका लागि सर्वोच्चसम्म आइपुगेका उनी पटकपटक रित्तो हात घर फर्किदै आएका छन् ।
आइतबार आफ्नो मुद्दाको सुनुवाईबारे जानकारी लिन भगत अदालत नपुग्दै सर्वोच्च परिसरमा आन्दोलन सुरू भइसकेको थियो । कानून व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध प्रर्दशन गरी काम ठप्प बनाएका थिए । भगतले अदालतमा के हुँदै छ भन्ने थाहा पाएनन् ।
कुरा बुझ्दै जाँदा आफ्नो काम नहुने देखेपछि उनी सर्वोच्चबाट फर्किए । न्याय दिने व्यक्तिहरू नै आन्दोलनमा देखेपछि उनी आफू बस्ने धर्मशालामा नै बस्ने कि घर फर्किने भन्ने दोधार मन लिएर सर्वोच्चबाट बाहिरिए ।
यस्तै, काठमाडौँकै काभ्रेस्थलीबाट न्यायका लागि सर्वोच्च आइपुगेका एक सेवाग्राही रित्तो हात घर फर्के । उनको अंश भागबण्डासम्बन्धि मुद्दा सर्वोच्च अदालतमा रहेको छ । उनको मुद्दामा एक वर्षदेखि सुनुवाई हुन सकेको छैन । न्यायकाे आशमा वर्ष दिनदेखि सर्वोच्च धाइरहेका उनी न्याय पाउन नसकेको भन्दै दु:खेसो पोखे ।
काम छाडेर आदलत धाउँदा नि न्याय नपाउँदा दुःख लागेको उनले बताए । सर्वोच्च अदालतमा न्यायका लागि आउने यी प्रतिनिधि पात्र मात्रै हुन् । न्यायको आश गर्दै टाढाबाट आएका सर्वसाधारणहरू न्यायाधीश र कानून व्यवसायीको आन्दोलन देखेर निराश हुँदै घर फर्किएका छन् ।
प्रधानन्यायाधीश शमशेरको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजदेखि प्रदर्शन थालेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कालो पट्टी बाँधेर अदालत परिसरमा नै विरोध प्रदर्शन भएको हो ।
यस्तै केही कानून व्यवसायी भने प्रधानन्यायाधीशको बचाउनमा हातमा सेतो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । कानून व्यवसायीको प्रदर्शनले सर्वसाधारण न्यायबाट बञ्चित भएका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया