विवादकाबीच प्रधानन्यायाधीश राणा एकल इजलासमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइतबार इजलासमा बसेका छन् । उनको एकल इजलासले दुई वटा मुद्दा हेर्ने भएको हो ।
प्रधानन्यायाधीश राणाले चितवन जिल्ला अदालतसमेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गरेका हुन् । उनले महान्यायाधिवक्ताको कार्यालय र भेषराज लोहनीले दायर गरेको मुद्दा हेर्ने भएका हुन् ।
महान्यायाधिवक्तको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरे र उच्च अदालत पाटनसमेतका विरुद्धमा लोहनीले दायर गरेको रिट निवेदनलाई प्रधान्यायाधीशले आफ्नो बेञ्चमा पेसी तोकेका थिए ।
कानून व्यवसायीहरूको संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गरे पनि उनले एकल इजलासमा दुई मुद्दाको पेशी तोकेका हुन् । पछिल्लो समय न्यायालयमा देखिएको विवादका कारण सर्वोच्च अदालतका अधिकांश न्यायाधीशसहित बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
विवादका बीच प्रधानन्यायाधीशको एकल इजलास बस्दै









महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया