विवादकाबीच प्रधानन्यायाधीश राणा एकल इजलासमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइतबार इजलासमा बसेका छन् । उनको एकल इजलासले दुई वटा मुद्दा हेर्ने भएको हो ।
प्रधानन्यायाधीश राणाले चितवन जिल्ला अदालतसमेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गरेका हुन् । उनले महान्यायाधिवक्ताको कार्यालय र भेषराज लोहनीले दायर गरेको मुद्दा हेर्ने भएका हुन् ।
महान्यायाधिवक्तको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरे र उच्च अदालत पाटनसमेतका विरुद्धमा लोहनीले दायर गरेको रिट निवेदनलाई प्रधान्यायाधीशले आफ्नो बेञ्चमा पेसी तोकेका थिए ।
कानून व्यवसायीहरूको संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गरे पनि उनले एकल इजलासमा दुई मुद्दाको पेशी तोकेका हुन् । पछिल्लो समय न्यायालयमा देखिएको विवादका कारण सर्वोच्च अदालतका अधिकांश न्यायाधीशसहित बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
विवादका बीच प्रधानन्यायाधीशको एकल इजलास बस्दै
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया