धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने प्रक्रिया शुरु

काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढाइएको छ । गेटा विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सके सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा निकै राहत पुग्ने अपेक्षा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रायको टोलीले धनगढी विमास्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन विमानस्थलको अवलोकन समेत गरेको छ ।
क्षेत्रीय स्तरको विमानस्थलका लागि २५०० मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग निर्माण आवश्यक पर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । क्षेत्रीयस्तरको विमानस्थलका लागि जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने नागरिक उड्ययन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले बताए ।
क्षेत्रीयस्तरको बिमानस्थलका लागि नक्सासहित गुरुयोजना तयार भइसकेको, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले बताए ।
क्षेत्रीय विमानस्थलका लागि ३१७ बिगाहा जमिन आवश्यक पर्ने र जसमध्ये हाल विमानस्थलकोे स्वामित्वमा ८२ बिगाहा जमिन रहेको बताउदै आवश्यक थप २३४ बिगाहा जमिन अधिग्रहण गरिने उनले जानकारी दिए ।
मन्त्री आलेले जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा २ अर्ब बजेट विनियोजन गरिने बताए । विमानस्थलको स्थर उन्नतिका लागि प्रदेश सरकारसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने मन्त्री उनको भनाइ छ ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सुदूरपश्चिम क्षेत्रको विकासमा निकै फाइदा पुग्ने यहाँका पर्यटन व्यवसायीको सञ्जय चौधरीको भनाइ छ । विमानस्थलको वृद्धि विकास गरेमा छिमेकी राष्ट्र भारतबाट नेपालका विभिन्न ठाउँमा घुम्न आउने पर्यटकलाई समेत निकै राहत पुग्ने पर्यटन व्यवसायी कृष्ण महराले बताए ।
धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको बनाए भारतीय तीर्थालुका लागि मानसरोवर जाने छोटो र सजिलो मार्ग सुदूरपश्चिम बन्नेछ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया