पौडेलले प्रधानन्यायाधीशलाई भने– तत्काल राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन
एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट राजीनामा दिन दबाब दिएका छन् । उनले प्रधानन्यायाधीशले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने स्पष्ट पारे ।
कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानन्यायाधीशले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै राजीनामा दिनु पर्ने बताएका हुन् । उनले ढिलाई गर्दै गए प्रधानन्यायाधीशको बर्हिगमन अपमानजनक हुने बताए ।
उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथि प्रहार गरेको आरोप लगाए । ‘अरु संस्था त ध्वस्त भए, भए, देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर सर्वोच्च अदालत ध्वस्त भइरहेको छ, सर्वोच्च अदालतको यो हाल भइरहेको छ, प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो–ल ल म छोडन त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस्,’ उनले भने, ‘मैले त हिजो भन्दिएँ जति छिटो छोडनु हुन्छ, त्यति सम्मानजनक, जति ढिलो छोडनु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको, किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्, सेटिङ गर्नु भएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित ।’
‘प्रधानन्यायाधीशसँग सेटिङ गर्ने, तलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु, आयुक्त दिन्छु, मेरो कुरा मान, मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान, संविधानको आत्मामाथि प्रहार गरेको साँची बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’ उनले थपे ।
नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्तासमेत व्यक्त गरे । फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए । त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया