देशभर ४६९ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार २ सय ८७ जनामा भएको परीक्षणका क्रममा ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने १४० जना संक्रमित थपिएका छन्।
काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, गएको २४ घण्टाको अवधिमा नेपालमा थप ११ जनाको कोरोना संक्रमण पुष्टी भई मृत्यु भएको छ । योसहित देशभर अहिलेसम्म ११ हजार ४सय २७ जनाको मृत्यु भएको छ ।
यस्तै सोही अवधिमा थप ५ सय ५५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ७ लाख ९२ हजार ८सय ३२ जना कोारेनामुक्त भएका छन् ।
सम्बन्धित















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया