बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

बलेवा । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो ।
भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ । गुठीले भक्तजनबाट प्राप्त भेटी व्यवस्थापन गर्दैआएको छ । खर्च कटाएर उक्त रकम बचत गरेको हो । नौवर्षे कार्यकाल सकेर बिदाइ भएका गुठीका अध्यक्ष राजु खड्काले उक्त हिसाब विवरण सार्वजनिक गरेका हुन् । खड्का अध्यक्ष हुनुअघि सञ्चालक समिति र पुजारीले सबै भेटी डालोमा हालेर लैजाने गर्थे । उनी अध्यक्ष भएपछि भेटी सार्वजनिक गर्ने चलन सुरु भएको हो । गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन् । कर्मचारी व्यवस्थापन र कोषसमेत सञ्चालन हुन थालेको हो ।
कोष बनेपछि कालिका मन्दिर जाने ७०० मिटर बाटो ढलान गरेर ढुङ्गा छाप्ने कामसमेत भएको छ । पूजा तथा बलि व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ । ती सबै व्यवस्थापनका लागि चार वर्षमा १० करोड बढी खर्च भएको खड्काले जानकारी दिए । कालिका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु उद्यान निर्माण, भ्यूप्वाइन्ट निर्माण र बलि व्यवस्थापन गरिएको छ ।
कालिका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना समेत निर्माण गरिएको छ । गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुङ्गाबाट कालिका मन्दिर जाने लिफ्टसमेत बनाइने उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ । गुठीले आगामी २०८० साललाई ‘कालिका दर्शन वर्ष’ घोषणा गरेको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया