कोप-२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री देउवा सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन बिमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँणलगायतले देउवालाई स्वागत गरे ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।
बेलायतमा रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रास्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई भेटेका थिए ।

















धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त
प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया