महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक

चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिन् । उनले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा सम्पत्तिका रूपमा रहने बताइन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोसेढुङ्गा सावित भएको चर्चा गर्दै उनले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने बताइन् । भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिइन् । उनले भनिन्, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताए । कार्यक्रममा साहित्यकार डा केशवराज चालिसे, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ, एलबी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डिआर पोखरेललगायतले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासँगै साहित्य र कलाको क्षेत्रमा गरेको कामको बारेमा चर्चा गरेका थिए । साहित्य र सिर्जना समाज र देशको साझा सम्पत्ति हुने बताउँदै प्रस्तावित भरतपुर प्रज्ञाप्रतिष्ठान गठनसँगै यस क्षेत्रको कला साहित्यको प्रवद्र्धन र सर्जकको सम्मान हुने उनीहरुको भनाइ थियो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया