महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक

चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिन् । उनले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा सम्पत्तिका रूपमा रहने बताइन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोसेढुङ्गा सावित भएको चर्चा गर्दै उनले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने बताइन् । भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिइन् । उनले भनिन्, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताए । कार्यक्रममा साहित्यकार डा केशवराज चालिसे, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ, एलबी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डिआर पोखरेललगायतले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासँगै साहित्य र कलाको क्षेत्रमा गरेको कामको बारेमा चर्चा गरेका थिए । साहित्य र सिर्जना समाज र देशको साझा सम्पत्ति हुने बताउँदै प्रस्तावित भरतपुर प्रज्ञाप्रतिष्ठान गठनसँगै यस क्षेत्रको कला साहित्यको प्रवद्र्धन र सर्जकको सम्मान हुने उनीहरुको भनाइ थियो ।


















उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया