नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन् ।
नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताए । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पु¥याएको उनले चर्चा गरे ।
प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गरेका थिए । उनले साख्वाःको शालिकमा माल्यार्पण गरेका थिए ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया