अक्सिजन प्लान्टको सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।
संघीय सरकारको ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्न सक्ने क्षमता रहेको छ । जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ ।
अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, उनले भने ।
जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए ।















NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया