शनिबार, वैशाख ५, २०८३

साढे दुई लाख नगदसहित जुवा खालबाट १५ पक्राउ

मेरोन्यूज २०७८ कार्तिक १९ गते २०:२५

काठमाडौँ । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बेशीटोलबाट दुई लाख ६८ हजार रुपैयाँसहित जुवा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया