तीन महिनामा फरार अभियुक्तबाट डेढ करोड असुली
काठमाडौँ । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो ।
प्रहरीले चालु आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ ।
यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आवमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया