सवारी कारबाहीबाट एकैदिन डेढ लाख रुपैयाँ संकलन

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन एक लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको हो ।
प्रहरीले गत बिहीबार दुई पांग्रे र चार पांग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको हो । मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिने छ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाही पर्नेमा अत्यधिक मात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए ।
साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम संकलन भएको उनले बताए । जिल्लाको पृथ्वीराज मार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उनले जानकारी दिए ।
कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहोर्याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई कडाई गरिँदै आइएको छ ।
चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको संख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।












कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया