सल्यान बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुग्यो
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १४:५४

काठमाडौँ । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरी अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार बिहान ११ बजे दुर्घटना भएको थियो । घटनामा कम्तीमा २० जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बाँकी घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस सडकबाट २ सय मिटर तल खसेको थियो ।
मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको प्रहरीलेजनाएको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया