के भारत सेमिफाइनल पुग्ला ?

काठमाडौँ । जारी टी–२० विश्वकपमा भारतीय टोलीले पछिल्लो २ खेलमा उत्कृष्ट पुनरामगन गरेको छ । अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारतले स्कटल्याण्डविरुद्ध शानदार जित निकाल्यो ।
लगातार शानदार जितसहित भारतीय टोलीको नेट–रनरेट समेत उत्कृष्ट बन्न पुगेको छ । यसले भारतको सेमिफाइनलको सम्भावना पुनः जगाएको छ ।
भारतलाई न्युजिल्याण्डभन्दा नेट–रनरेटमा अघि बढ्न प्राप्त लक्ष्यलाई ५३ बलमा र अफगानिस्तान भन्दा नट–रनरेटमा अघि निस्कन ४३ बलमा लक्ष्य पूरा गर्न आवश्यक थियो ।
भारतीय टोलीले आवश्यकताअनुसारको ब्याटिङ्ग प्रर्दशन गरी ७ ओभरमा लक्ष्य पूरा गर्यो । स्कटल्याण्डलाई पराजित गर्दै भारत समूह २ को तेस्रो नम्बरमा उक्लिएको छ ।
भारतको नेट–रनरेट अफगानिस्तान र न्युजिल्याण्डभन्दा राम्रो बनेको छ । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध प्राप्त जितले भारतको ४ अंक भएको छ । जसले उसको रनरेट प्लस १ दशमलव ६१९ छ ।
नेट–रनरेट समूह २ मा सबैभन्दा राम्रो भए पनि भारत तेस्रो नम्बरमा रहेको छ । अंकको आधारमा भने न्युजिल्याण्डभन्दा २ अंकले पछि छ ।
भारतीय टोली सेमिफाइनल पुग्न नामिबियालाई फराकिलो अन्तर हराउनु पर्नेछ । साथै न्युजिल्याण्डको नतिजामा समेत भर पर्नु पर्नेछ ।


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया