सिसी क्यामरा जडान गर्न देउसीभैलो

दमौली । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न संघसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।
व्यांकङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेकाले देउसीभैलोबाट ६२ हजार १०५ संकलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिए । “यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि सिसी क्यामरा आवश्यक छ”, उनले भने ।
बजार क्षेत्रमा चोरीलगायत शंकास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्य लिएर आफूहरुले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठले बताए । टोलवासीको सल्लाह र सुझावले नै आफूहरुले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार देउसीभैलोबाट संकलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गरिने छ ।
सामाजिक भावना राखेर आफूहरुले खेलेको देउसीभैलो कार्यक्रममा टोलवासीले मन खोलेर दान गरेकाले थप हौसला मिलेको सस्थाका सदस्य गौरी थापाले बताए । तिहारमा टोलले दमौली बजार क्षेत्रमा पहिलोपटक झिलीमिली बत्ती जडान गरेर चर्चा बटुलेको थियो ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया