आगामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर जान गठबन्धनको सहमति

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले ११ सदस्यीय समन्वय समिति गठन गर्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार समन्वय समितिमा पाँच दलका दुई दुई जना नेता सहभागी हुने भएका छन् । समितिमा ११ जनामध्ये ३ जनाको नाम मात्र टुंगो लाग्न बाँकी रहेको छ ।
शेरबहादुर देउवा गठबन्धन दलको नेतृत्वमा प्रधानमन्त्री हुँदै गर्दा पाँच दलबीच समन्वय समिति बनाउने सहमति भएको थियो । सोहीअनुरुप गठबन्धन दलले दलीय संयन्त्रका रुपमा समिति गठन गर्ने निर्णय गरेको हो ।
आइतबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा रहेका दलहरूबीच आगामी काम कारबाहीका लागि छलफल गर्नु पर्ने भन्दै आफ्नो सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका थिए । उनले सरकारी नियुक्ति तथा काम कारबाहीमा सत्ता गठबन्धन दलहरूबीच छलफल गरी भावी रणनीतिका बनाउनु पर्ने भन्दै टिप्पणी गरेका हुन् ।
यसको भोलिपल्ट आज बिहान प्रधानमन्त्री देउवाले गठबन्धन दलको बैठक बोलाएका थिए । गठबन्धन दलको बैठक बोलाउनु अघि देउवासहित शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छलफल गरेका थिए ।
गठबन्धन दलले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनलाई समेत लक्षित गरी समन्वय समिति गठन गरेको हो । यसअघि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले आगामी निर्वाचनसम्म गठबन्धन कायम हुने प्रतिक्रिया दिँदै गर्दा समिति गठन भएको हो ।
बैठकमा सहभागी नेताका अनुसार समितिमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट माधव नेपाल र एक जना हुने छन् । यस्तै, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ भने राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने छन् ।

















साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया