‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा

काठमाडौँ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ ।
कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकार आउँदैछन् । कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा ६ कार्यपत्र प्रस्तुत हुने तथा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम हुने समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने एवं साहित्यकार श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसीकाव्य पुरस्कार २०७८ प्रदान गरिने कार्यक्रम छ ।
यसैगरी आख्यानकार श्याम शाह, गायत्री अधिकारी र शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक एवं निबन्धकार डिआर शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ । यसै अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया