छठपर्वका लागि नदी किनारमै पूजास्थल तयार

झापा । कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् । स्थानीय तहमै छठपूजा समिति बनाएर भव्यरूपमा मनाउने तयारी गरिएको हो । समितिले छठ पूजालाई व्यवस्थित गर्न सफा पारिएको नदी किनारमा स्वाथ्य मापदण्ड अपनाएर पूजास्थल तयार गर्न लागेको छ ।
झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि वृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो । सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुलसमेत बनाइएको छ ।
यसपटक हजारौँको सङ्ख्यामा छठका बर्तालुहरूले सामूहिकरूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठीदेवीको पूजा गर्दैछन् । कोभिड–१९ को सङ्क्रमण अझै रहिरहेको हुँदा दसैँ र तिहारमा जस्तै छठपर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया