न्यायाधीशसँगको अघोषित सहमति तोड्दै प्रधानन्यायाधीश जबराले तोके इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका न्यायाधीशसँगको अघोषित सहमति तोडेका छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुसँग बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका थिए ।
तर उनले मंगलबार उक्त सहमतिलाई तोड्दै सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोक्नुका साथै आफूलाई पनि इजलास तोकेका छन् । उनले यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाउदै आएका थिए भने आफ्ना लागि इजलास तोकेका थिएनन् । प्रधानन्यायाधीश जबराले आफ्ना लागि एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् ।
यसअघि प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो राजिनामा मागिरहेका न्यायाधीशहरुलाई नियमित काममा फर्किने वा अन्य बाटो रोज्ने भन्ने विकल्प सुझाएका थिए । उनले न्यायिक अराजकता लामो समय नरहने भन्दै मंगलबारदेखि इजलास तोक्ने बताएका थिए । तर नेपाल बार एशोसिएसनले आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।
यसबाट प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरु र आन्दोलिन गरिरहेका कानून व्यवसायीहरू थप आक्रोशित हुने देखिएको छ ।









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया