न्यायाधीशसँगको अघोषित सहमति तोड्दै प्रधानन्यायाधीश जबराले तोके इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका न्यायाधीशसँगको अघोषित सहमति तोडेका छन् । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुसँग बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका थिए ।
तर उनले मंगलबार उक्त सहमतिलाई तोड्दै सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोक्नुका साथै आफूलाई पनि इजलास तोकेका छन् । उनले यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाउदै आएका थिए भने आफ्ना लागि इजलास तोकेका थिएनन् । प्रधानन्यायाधीश जबराले आफ्ना लागि एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् ।
यसअघि प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो राजिनामा मागिरहेका न्यायाधीशहरुलाई नियमित काममा फर्किने वा अन्य बाटो रोज्ने भन्ने विकल्प सुझाएका थिए । उनले न्यायिक अराजकता लामो समय नरहने भन्दै मंगलबारदेखि इजलास तोक्ने बताएका थिए । तर नेपाल बार एशोसिएसनले आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।
यसबाट प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरु र आन्दोलिन गरिरहेका कानून व्यवसायीहरू थप आक्रोशित हुने देखिएको छ ।
















Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया