शुक्रबार, पुष १८, २०८२

टर्की जाँदै आइजिपी थापा

मेरोन्यूज २०७८ कार्तिक २३ गते १५:५६

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । उनको नेतृत्वको प्रहरी टोली ५ मंसिरमा टर्की अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औँ साधारण सभामा भाग लिन जाने तय भएको हो ।

आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औँ साधारण सभा हुँदैछ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आइजिपी थापा, अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारी लगायत प्रहरीहरू जान लागेका हुन् । सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धि विषयमा छलफल हुने छ ।

महानिरीक्षक थापाको यो पहिलो विदेश भ्रमण हो । उनको भ्रमणका लागि सरकारले गत महिना नै स्वीकृत दिइसकेको छ ।

प्रतिक्रिया