मन्त्रिपरिषद्को निर्णय
६० लाख डोज फाइजर खोप खरिदका लागि स्वीकृति दिने

काठमाडौं । सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउन उक्त खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो। खोप खरिदका लागि स्वास्थ्य सेवा विभागमा केही कानुनी अप्ठ्यारो देखिएपछि सरकारले खोप खरिदको अधिकार प्रत्यायोजनसहित बाधा अड्काउ फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले मेरोन्युजलाई जानकारी दिए ।
फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन सकिने विभिन्न अध्ययनले देखाएको छ। नेपालमा पनि गाभीको सहयोगमा १ लाख ६२० डोज फाइजरको खोप आइसकेको छ। उक्त खोप कार्तिक २८ गतेदेखि बालबालिकालाई दिने स्वास्थ्य सेवा विभागको खोप महाशाखाले जनाएको छ ।















अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया