कांग्रेसले टुङग्यायो ७७ जिल्लाकै क्रियाशील सदस्यताकाे विवाद

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको जानकारी दिए ।
उनका अनुसार बुधबार नै कांग्रेस केन्द्रीय निर्वाचन समितिले रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेको छ । योसँगै ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको उनले जानकारी दिए ।
वडा अधिवेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन, कात्तिक ३० गते गाउँ र नगरपालिका अधिवेशन, मङ्सिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, मङ्सिर १० गतेसम्म एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको अधिवेशन, प्रदेश अधिवेशन भने मङ्सिर १६ र १७ सम्म र केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
यता, रौतहटका एक सय दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसे । उनीहरुले क्रियाशील विबाद समाधान गर्नुपर्ने र फर्जी सदस्य हटाउनुपर्ने माग राखेर धर्ना बसेका थिए ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया