गाउँपालिका अध्यक्ष एमाले छाडेर माओवादी प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गरेका गुरुङलाई स्वागत गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथमा अर्थमन्त्री जनार्दन शर्मा पनि डोल्पा पुगेका थिए ।
२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्ररुपमा पालिका अध्यक्ष निर्वाचित भएका गुरुङ् निर्वाचनपछि एमाले प्रवेश गरेका थिए । गुरुङलाई प्रचण्ड र मन्त्री शर्माले खादा ओढाएर स्वागत गरे ।
पार्टी प्रवेशपछि गाउँपालिका अध्यक्ष गुरुङले प्रचण्डहरु आफ्नो पालिकाको विकासका योजनाहरु लिएर आएकाले माओेवादी प्रवेश गरेको बताए । आफूहरुका लागि जसले विकास गरिदिन्छ त्यसलाई राजा मान्ने गुरुङको भनाइ थियो ।
डोल्पो बुद्ध गाउँपालिकाकाको सबै वडा अध्यक्ष पनि माओवादी प्रवेश गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यो पालिकामा ६ वटा वडा रहेका छन् ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया