उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । परिवारका सबै सदस्यले आराध्यदेव उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएसँगै छठपर्व सकिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिन भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गर्ने गरिएको छ । छठको मूख्य दिन बुधबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । दुलही झैँ सिंगारिएका तलाऊहरुमा भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । मूलतः तराईवासी र मैथिल समाजमा मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य समुदायका मानिसले पनि मनाउन थालेका छन् ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया