आजबाट देशभर जनगणना सुरु

काठमाडौँ । राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । जनगणना हरेक १०-१० वर्षमा हुँदै आएको छ । यस वर्ष जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।
जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । आज बिहान ९ स् ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनगणनाको सुरुवात गरिनेछ । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको जनगणना गरिने तथ्यांक विभागले जनाएको छ ।
यसअघि जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण भइसकेको छ । व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्न ८० वटा प्रश्नावली बनाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने विभागले बताएकोछ ।
जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा संघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया