आजबाट देशभर जनगणना सुरु

काठमाडौँ । राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । जनगणना हरेक १०-१० वर्षमा हुँदै आएको छ । यस वर्ष जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।
जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । आज बिहान ९ स् ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनगणनाको सुरुवात गरिनेछ । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको जनगणना गरिने तथ्यांक विभागले जनाएको छ ।
यसअघि जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण भइसकेको छ । व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्न ८० वटा प्रश्नावली बनाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने विभागले बताएकोछ ।
जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा संघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।
















HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया