कोरोना प्रभावित विपन्न परिवारलाई १० हजार अनुदान दिन निवेदन माग

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान दिने भएको छ । अर्थमन्त्रालयले आज बिहिबार सार्वजनिक सूचना जारी गदै कोरोनाबाट प्रभावित अति विपन्न परवारलाई १० हजारका दरले अनुदान दिने जनाएको हो । मन्त्रालयका अनुसार कोरोनाबाट प्रभावित विपन्न परिवारले आगामि मंसिर १० गतेभित्र वडा कार्यालयमा निवेदन दिनु पर्ने छ ।
अनुदान प्राप्त गर्न कोरोना प्रभावित परिवारले वडा कार्यालयमा निवेदन दिनु अगाडि बैंक खाता खोल्नु पर्ने छ । बैंक खाता खोलेका विपन्न नागरिकले आफूले रकम पाउने आधारसहित निवेदन दिनु पर्ने छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत कोरोना महामारीबाट प्रभावित ५ लाख विपन्न परिवारलाई राहत स्वरुप १० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए ।
अनुदान पाउनेमा कोरोनाका कारण रोजगारी गुमाएका, श्रमिक, मजदुर, फुटपाथ व्यापारीहरु पर्छन् । यस्तै कोरोना लागेर परिवारको मुख्य व्यक्तिको निधन भई गुजारा टार्न कठिन भएका परिवारले अनुदान पाउने अर्थमन्त्रालयले जनाएको छ । अनुदान वितरणका लागि सरकारले कार्यविधि पारित गरिसकेको मन्त्रालयले जनाएको छ । सरकारबाट स्वीकृत भएको कार्यविधि राजपत्रमा कात्तिक १५ गते सार्वजनिक भएको थियो ।
दशैँ अगाडि अनुदान वितरण गर्ने भनिए पनि अर्थमन्त्रालयले आज सूचना जारी गरेको हो । सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारण रोजगारी गुमाइ आर्थिक रुपमा अत्ति विपन्न परिवारलाई अनुदाल दिन लागेको हो । अर्थ मन्त्रालयका अनुसार पूर्णरुपमा रोजगार गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकेको परिवार, खुला सडक, फुटपाथमा व्यापार गर्दै आएका विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेतला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा, मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक र भरिया तथा कोभिड–१९ संक्रमणबाट परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्दै आएको परिवार तथा अभिभावक गुमाएका असाहय नाबालक लाई स्याहार गर्ने परिवारले अनुदान प्राप्त गर्ने छन् ।
तर निवेदन दिँदाको समयमा निवेदकको परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको नागरिकले भने राहत रकम पाउने छैनन् ।
यस्तै परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपांग) बापतको भत्ता वा नेपाल सरकार वा नेपालसरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेकाले पनि यो रकम नपाउने कार्यविधिमा उल्लेख छ ।
यस्तै सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहत स्वरुप नगद प्राप्त गरेको परिवारका सदस्यले पनि यस्तो राहत नपाउने भएका छन् ।










प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया