देशभर थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणमा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा भने विहीबार थप १५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ जना संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौं उपत्यकामा १४९९ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५१०, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकाअनुसार निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।


















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सुजन बाग श्रेष्ठले चौथो पटक छेडाए जिब्रो
नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यतासाथ अघि बढ्दै नबिल बैंक
रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया