सर्वोच्चमा बारको धर्ना, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सर्वोच्च अदालतमा कडा सुरक्षा व्यवस्था गरिएको छ । बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन आन्दोल गरिरहेको छ ।
शुक्रबार बिहान बारमा आवद्ध कानून व्यवसायीले सर्वोच्च अगाडि धर्ना दिएर प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश रोक्ने रणनीति लिएका छन् । त्यसलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्चमा तैनाथ गरिएको छ । यस्तै महान्यायाधीवक्ताको कार्यालय र बारको कार्यालय तर्फबाट सर्वोच्च आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।
प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको बताइएको छ । सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्चमा प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए । त्यसपछि बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको थियो ।









विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया