सर्वोच्चमा बारको धर्ना, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सर्वोच्च अदालतमा कडा सुरक्षा व्यवस्था गरिएको छ । बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन आन्दोल गरिरहेको छ ।
शुक्रबार बिहान बारमा आवद्ध कानून व्यवसायीले सर्वोच्च अगाडि धर्ना दिएर प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश रोक्ने रणनीति लिएका छन् । त्यसलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्चमा तैनाथ गरिएको छ । यस्तै महान्यायाधीवक्ताको कार्यालय र बारको कार्यालय तर्फबाट सर्वोच्च आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।
प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको बताइएको छ । सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्चमा प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए । त्यसपछि बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया