साहित्यकार परिचयपत्र वितरण हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ ।
त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ । त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया