आफ्ना पार्टीका पत्रकारलाई अर्थमन्त्री शर्माले भने– समाचार लेख्दा पार्टीको मुख नहेर्नुस्

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताकाविरुद्ध आफ्नो पार्टीको मुख नहेर्न पार्टी पत्रकारहरुलाई आग्रह गरेका छन् ।
प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध जोकसैको पनि लेख्न आग्रह गरे । ‘भ्रष्टाचार र अनियमितताका विषयमा पार्टी वा नेताको मुख नहेर्नुस् ।’ – मन्त्री शर्माले भने ।
‘गलत क्रियाकलापकाविरुद्ध कलम चलाउनुस्, मैले गल्ती गरे पनि भण्डाफोर गर्नुस्,’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व तपाईँहरुको काँधमा छ ।’
मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको पनि मन्त्री शर्माको भनाई थियो ।
अतिविपन्न परिवार, राजनीतिक आन्दोलनका शहीद परिवार, घाइते अपाङ्ग तथा दीर्घरोगीलाई सरकारले विशेष राहतको कार्यक्रम ल्याएको उनले बताए ।
मन्त्री शर्माले सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि उल्लेख गरे । यद्यपि विभिन्न प्रदेशहरुमा ल्याइएका आमसञ्चार सम्बन्धि विधेयक पत्रकारको हक हितमा नभएमा सच्याउन पनि उनले सुझाव दिए ।
सरकारले जनताको पक्षमा काम गर्ने र दलहरूबीच बनेको संयन्त्रले प्रतिगमनतर्फ जानबाट मुलुकलाई रोक्ने मन्त्री शर्माले दाबी गरे ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया