आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ८:०१

काठमाडौँ । सरकारले १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिँदैछ । सरकारले आजदेखि १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोगीलाई फाइजर खोप दिन लागेको हो ।
आजदेखि सुरु भएको खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । सरकारले खोप लगाउनका लागि देशभर २४ वटा अस्पताल तोकेको छ । खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने छ । सरकारले तोकेका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म फाइजर खोप लगाउन पाइनेछ ।
खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने बताइएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया