विवेकशील साझा पार्टीमा पहिरो, एकै पटक १३ जनाको राजीनामा

काठमाडौं । पार्टीको आन्तरिक कलहमा रुमलिएको विवेकशील साझा पार्टीमा पहिरो गएको छ । विवेकशीलका गण्डकी प्रदेशका १३ जनाले एकै पटक राजीनामा दिएका छन् ।
विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका हुन् ।
पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले गत साउन १७ गते नै राजीनामा दिएका थिए भने थप १२ जनाले आइतबार सामुहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे छन् ।
यस्तै, युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, तनहुँको व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अली, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले राजीनामा दिएका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विचार भन्दा ठूलो देश भन्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अघि सारेपछि आन्तरिक विवादमा अल्झिँदै आएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति रहँदै राजीनामा दिएको उल्लेख गरेका छन् । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैयामा पु¥याएको उनीहरुको आरोप छ ।


















श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया