जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेको छ ।
देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए ।
चिसोले जुम्लाका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई निकै गाह्रो भएको स्थानीयवासी बताउँछन् । बिहान र बेलुका बढी चिसो हुने भएकाले घर आँगनमा आगो बालेर बस्ने गरेको स्थानीयवासी रतन रोकायाले बताए ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया