बन्दबाट जनजीवनमा सामान्य प्रभाव

काठमाडौँ । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।
यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।
उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न काठमाडौँ छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया