आइतबार, पुष ६, २०८२

स्वरोजगार कोष कार्यक्रम अब ७७ वटै जिल्लामा

मेरोन्यूज २०७८ कार्तिक ३० गते २०:१६

काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार भएको छ ।

मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको ५४औं बैठकको निर्णयअनुसार अब मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार हुनेछ ।

यसअघि मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा स्वरोजगार कोषको कार्यक्रम लागू गरिएको थियो ।

वि.स.२०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई स्वरोजगारमुलक काम गर्न भन्दै सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया