प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिंदै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । उनले आज साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
राइले मंगलबार विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री राईले पेश गरेको विश्वासको पस्ताव टेबल नगरी मंगलबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक आजका लागि सारेका थिए ।
राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रदेश १ मा नेकपा एमालेको बहुमत घुमेपछि एमालेका भिम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको आवश्यक पर्छ । प्रदेशसभामा गठबन्धनमा ५० सांसद छन् । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । सोमबार बसेको पाँच दलिय गठबन्धनको बैठकले राईको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।


















रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया