अल्का अस्पतालद्धारा आइभिएफ सेवा विस्तार, के हो आइभिएफ ?

काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ। अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो,हामीले, बिशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं ।’
थापाले नयाँ बिशेषज्ञहरुको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाइँमा लैजाने बताए । अल्का अस्पतालले सेवाग्राहीहरुलाई आइभिएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ।
अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ।
के हो त आइभिएफ ?
कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो।
यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ।
यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए।
उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो।
आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो।
नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी तामाङ हो। उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया