काठमाडौँ–बैंकक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैंकक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैंकक नियमित हवाई उडान गरिने जानकारी दिए ।
भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरे । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिए । रासस









प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया