एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेकपा एमाले १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा रहेका छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगेको एमालेले जनाएको छ ।
एमाले नेता तथा १०औं महाधिवेशन मुल व्यवस्थापन समितिका संयोक राम बहादुर थापा बादलले महाधिवेशनको तयारी युद्ध स्तरमा भइरहेको बताए । उनले विभिन्न १२ वटा समितिले महाधिवेशनको तयारी गरिरहेको बताए । एमालेले महाधिवेशनमा पाँच लाख कार्यकर्ता परिचालन गर्ने जनाएको छ । सात प्रदेशबाट महाधिवेशनको उद्घाटन सत्रमा ल्याउने तयारी भइरहेको थापाले बताए ।
उनका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख, लुम्बिनी र प्रदेश २ बाट १ लाख ७५ हजार कार्याकर्ता ल्याइने छ । यस्तै गण्डकी प्रदेशबाट ५० हजार, प्रदेश एकबाट २५ हजार र बाँकी कर्णाली प्रदेश र सदूरपश्चिम प्रदेशबाट ल्याउने तयारी भएको थापाले बताए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया