प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुले गरे शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँग लुले बिहीबार बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र अमेरिका दुई पक्षको सम्बन्धका बारेमा छलफल भएको थियो । कोरोना भाइरस (कोभिड-१९) ले पारेको असरका बारेमा पनि छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, खोपको सहयोगका बारेमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री देउवाले नेपालमा ग्रीन विकास गर्नका लागि अमेरिकासँग आर्थिक र प्राविधिक सहयोग मागेका छन् । त्यसक्रममा अमेरिकाले नेपाललाई निरन्तर सहयोग गर्ने लुले विश्वास दिलाएको बताइएको छ । बुधबार नेपाल भ्रमणमा आएका लुले प्रधानमन्त्रीसहित शिर्ष नेतासँग भेट गर्ने कार्यसूची रहेको छ ।


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया