युवा खेलाडीको भरमा सबै क्लबले ए डिभिजन लिग खेल्दै

काठमाडौँ । नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण शुक्रबारबाट सुरु हुँदैछ । केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् । सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण शुक्रबारबाट सुरु हुँदैछ ।
दिनको पहिलो खेल भोली यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुआत गर्दा नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछन् । सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घान खेल फ्लड लाइटमा हुँदैछ । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले लिग हुन पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदै छन् । दिनमा दुई खेल हुनेछन् । पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ ।
१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया