महाधिवेशनमा प्रधानमन्त्रीलाई एमालेको निम्तो : १० गते चितवन आउनुहोस् हैं

काठमाडौं । नेकपा एमालेले प्रमुख सत्तारुढ दल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई पार्टीको महाधिवेशनमा निम्तो गरेको छ । अध्यक्ष केपी शर्मा ओली आफु सरकारबाट वाहिरिएपछि अहिलेसम्म बालुवाटार पुगेका छैनन । प्रधानमन्त्रीको सपथ ग्रहण समारोह समेत उनले वहिष्कार गरेका थिए । पार्टीको महाधिवेशनको निम्तो पनि उनले आफनो तर्फबाट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता राजन भटटराई मार्फत बालुवाटार पठाएका हुन् ।
गत असार २८ मा एमाले अध्यक्ष ओली सत्तावाट हटेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षसँग सम्वन्ध सुधारका लागि आफना मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई बालकोट पठाएपनि उनी सकारात्मक देखिएका छैनन । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एमाले टुक्राएर माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा समेतको गठबन्धनमा कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री चुनिएपछि ओली सत्तागठबन्धनसँग आक्रोशित हुँदै आएका छन् ।
एमालेको १० औं महाधिवेशन अवको एक सातापछि मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । त्यसैको निम्तो लिएर एमाले नेताहरु प्रधानमन्त्री भेटन बालुवाटार पुगेका हुन् ।
नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो दिन बालुवाटार आएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।
त्यसपछि प्रधानमन्त्रीले पनि निम्तोका लागि धन्यवाद ब्यक्त गरेका थिए । प्रधानमन्त्रीले आफु एमाले महाधिवेशनमा आउने जानकारी एमाले नेताहरुलाई दिएको निम्तो वोकेर पुगेका एमाले उपनेता नेम्वाङले जानकारी दिए ।
एमालेले एमालेवाट विभाजित भएको माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई भने निम्तो नगर्ने यस अगाडी नै बताईसकेको छ ।


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया